ad ad

राजनीति


तीन शीर्ष नेताको बैठकमा सुवास नेम्वाङले जब झिके नक्कली शरणार्थी प्रकरण

तीन शीर्ष नेताको बैठकमा सुवास नेम्वाङले जब झिके नक्कली शरणार्थी प्रकरण

नेपालखबर
बैशाख ३१, २०८० आइतबार १६:५३, काठमाडौँ

नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले शीर्ष तीन दलका नेताहरुबीचको बैठकमा नक्कली भूटानी शरणार्थी प्रकरणबारे अनौपचारिक छलफल भएको बताएका छन्।

बालुवाटारमा आइतवार बिहान बसेको शीर्ष दलका नेताहरुको बैठकमा नक्कली भूटानी शरणार्थी प्रकरणले प्रवेश पाएको हो। उपनेता नेम्वाङले नक्कली भूटानी शरणार्थी प्रकरणमा चलिरहेको अनुसन्धानलाई सघाउने गरी शीर्ष नेताहरुबीचमा छलफल भएको बताए।

शीर्ष नेताहरुले संविधान र कानूनअनुसार काम कारबाही अघि बढाउन बैठक बसेको कुनै हस्तक्षेप नहुने बताएको जानकारी दिए।

उनले भने, ‘प्रसंगवश यो विषय उठेको थियो, वर्तमान अवस्था, तपाईंहरु तीन नेता त बस्ने बित्तिकै भूटानी शरणार्थीको बारेमा छलफल गर्न बस्यो, भनेर चर्चा हुन्छ के हो भनेर हाँस्दै सोध्ने मान्छे मै हो। मैले तपाईंहरुको तर्फबाट सोधेको हो, प्रधानमन्त्रीज्यू र नेताहरुलाई।’

नेम्वाङले थपे, ‘तपाईंहरु तीन जना नेता त जुनसुकै बेला बसिरहनुपर्छ, एक ठाउँमा बस्नु अचम्मको कुरा होइन, तर यो विषयलाई लिएर एउटा चासो छ, कथं कदाचित सोधिहाले भने हामी तीन दलको बीचमा एउटा समझदारी छ, हामी तीन दल निस्कर्षमा छौँ, त्यो संविधान कानून बमोजिम निस्कर्षमा पुगोस् भन्ने चाहना हो, त्यही कुरा भनिदिए हुन्छ भन्ने जवाफ आएको छ।’

उपनेता नेम्वाङले शीर्ष नेताहरुको बैठकमा संसदीय गतिविधिहरु र विधेयकहरुलाइ अघि बढाउन समभलदारी बनेको पनि बताए।

एमाले उपाध्यक्षसमेत रहनुभएका नेम्वाङले शीर्ष नेताबीचको छलफल सकारात्मक भएको र सोमवारदेखि विषयगत समितिहरुको बैठक र संघीय संसदको संयुक्त समिति र नियमावली बनाउने बारेमा पनि सहमति जुटेको बताए।

उनले सोमवारबाट संसदीय समिति चलायमान बनाउने र संसदबाट समितिमा गएका विधेयकहरु पनि अघि बढाउने कुरामा सहमति भएको बताए।

यसैगरी शीर्ष नेताहरुको बैठकले प्रतिनिधि सभाका विषयगत समितिहरुमा संघीय संसदमा कायम रहेको सदस्य संख्याका आधारमा नेतृत्व दिने सहमति जुटेको पनि उनले बताए। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लेखा समितिसहित एक संयुक्त समिति र अर्को विषयगत समितिको नेतृत्व गर्ने सहमति भएको बताए।

उपनेता नेम्वाङले शीर्ष नेताहरुबीच आज शान्ति प्रक्रिया निस्कर्षमा पुर्याउने लगायतका विषयहरुमा चाँडै सहमति जुटाउने निर्णय भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .