राजनीति


तीन शीर्ष नेताको छलफलपछि सचेतकसहित सामूहिक वार्ता

तीन शीर्ष नेताको छलफलपछि सचेतकसहित सामूहिक वार्ता

बालुवाटारमा जारी सचेतकसहित तीन ठूला दलका शीर्ष नेताबीचको छलफल। तस्बिर : प्रदीपराज वन्त।


नेपालखबर
बैशाख ३१, २०८० आइतबार ११:३१, काठमाडौँ

प्रधानमन्त्रीसहित तीन शीर्ष नेताबीचको छलफलपछि पुनः तिनै दलका थप नेता तथा सचेतकसहितको बैठक सुरु गरिएको छ। 

प्रधानमन्त्री निवास (बालुवाटार) मा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीद्वय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफलपछि तीन दलका थप नेतासहित पुनः सामूहिक संवाद थालिएको हो।

छलफल संसद्‌को प्रभावकारिता, आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

साथै सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) सम्बन्धी विधेयकबारे छलफल भइरहेको बताइएको छ।

बैठकमा तीन शीर्ष नेतासहित उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेसका सचेतक रमेश लेखकलगायत नेता सहभागी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .