ad ad

राजनीति


लगातार ३ वटा बैठकमा उपस्थित नहुने सदस्यलाई एमालेले कमिटीबाट हटाउने

लगातार ३ वटा बैठकमा उपस्थित नहुने सदस्यलाई एमालेले कमिटीबाट हटाउने

नेपालखबर
बैशाख ३०, २०८० शनिबार १७:२३, काठमाडौँ

नेकपा एमालेले सूचना पाएर पनि लगातार तीनवटा पार्टी बैठकमा उपस्थित नहुने सदस्यलाई कमिटीबाटै हटाउने निर्णय गरेको छ। पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरेको प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। 

‘सूचना पाएर पनि लगातार तीन पटकसम्मको बैठकमा अनुपस्थित हुनेलाई कमिटीबाटै बिदा गर्ने निर्णय गरेका छौं,’ बैठकपछि प्रवक्ता गुरुङले भने।

साथै, भद्दा कमिटीलाई छरितो बनाउनका लागि पदाधिकारीबाहेकको नयाँ सदस्य नथप्ने निर्णय पनि भएको उनले बताए। 

बैठकदेखि बैठकसम्म आफ्नो उपस्थिति जनाउने सदस्यलाई सुधार नभएर कमिटीबाट बिदा गर्ने निर्णय भएको उनले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .