राजनीति


हाम्रो अर्थतन्त्र बिग्रिएको होइन, व्यवस्थापन गतिलो भएन : आरजु राणा

हाम्रो अर्थतन्त्र बिग्रिएको होइन, व्यवस्थापन गतिलो भएन : आरजु राणा

नेपालखबर
बैशाख २८, २०८० बिहिबार १९:३५, काठमाडौँ

नेपाली कांग्रेस नेतृ एंव प्रतिनिधिसभा सदस्य आरजु राणा देउवाले नेपालको समस्या व्यवस्थापन भएको बताएकी छिन्।

हेटौंडामा बिहीबार प्रदेश नीति तथा योजना आयोगको आयोजित एक कार्यक्रममा उनले देशमा व्यवस्थापन गतिलो नभएर आर्थिक मन्दी आएको बताइन्।

उनले आर्थिक पक्षले कुनै पनि समस्या नभएको पनि बताइन्। नेपालमा जतिपनि समस्या उत्पन्न हुन्छ सबै व्यवस्थापनका कारण हुने गरेको बताएकी हुन्। 

राणाले महिला सशक्तिकरणमा धेरै उपलब्धी पाएता पनि बनाएका नीति तथा नियम कार्यान्वयन नगर्दा महिलाहरू पछि परेको बताइन्। 

‘एकल महिला सहितको महिलाका सुरक्षा, स्वास्थ्य, शिक्षाका विषयमा संघर्ष गर्दै यहाँ सम्म आइपुग्दा हामी सफल भएका छौं,’ उनले भनिन्।

हामीले सुदुरपश्चिम प्रदेशको महाकाली किनारमा होम ग्रोन परियोजना अन्तरगत समूह समूहमा ऐन कानुन, नीति, योजना लगायतका विभिन्न जानकारी दिँदै महिला सशक्तिकरणमा फड्को मारेको उदाहरण प्रस्तुत गर्दै नेतृ राणाले कृषि प्रधान देश भएकाले सीपर उत्पादनसँग जोडिएर महिलालाई अघि बढाउनुपर्ने बताइन्। 

प्रदेश सरकारले अब युवा लक्षित कार्यक्रम अन्तरगत बालिका, किशोरी र महिला लक्षित कार्यक्रम बनाउनुपर्नेमा जोड दिदैं नेतृ राणाले सरकारले बनाएका योजनालाई चरणबद्ध रुपमा कार्यान्वयन गर्न सकेमा सफलता पाइने बताइन्।

शिक्षामा जोड दिन सकियो भने महिला सशक्तिकरणको सवल बन्ने छ। सामूदायिक विद्यालयलाई प्रविधिमैत्री बनाएर व्यवस्थित रुपमा सञ्चालन गर्न सबै पक्षलाई आग्रह गरिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .