ad ad

ग्लोबल


७१ वर्षीय पुरुषकी प्रेमिकाको शव जब ड्रमभित्र भेटियो...

७१ वर्षीय पुरुषकी प्रेमिकाको शव जब ड्रमभित्र भेटियो...

प्रतिकात्मक तस्बिर


नेपालखबर
बैशाख २७, २०८० बुधबार २१:८, मनिला

फिलिपिन्सको राजधानी मनिलानजिकै रहेको एक घरमा फिलिपिनो प्रेमिकाको शव ड्रममा फेला परेपछि ७१ वर्षीय अमेरिकी पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

बाकुर सहरको प्रहरीले एएफपीलाई दिएको जानकारीअनुसार मनिलास्थित आफ्नो घरमा फोहोरको झोला र डक्ट टेपमा सिल गरिएको नीलो ड्रमभित्र ४८ वर्षीया महिलाको शव फेला परेपछि मङ्गलबार उनलाई पक्राउ गरिएको हो। 

महिलाका वयस्क छोराले उनी चार दिनदेखि बेपत्ता रहेको जानकारी दिएको केही घण्टापछि प्रहरीले उक्त ठेगानाको निरीक्षण गरेको थियो। उनका छोराले पनि अधिकारीहरूलाई त्यहाँ ‘दुर्गन्ध’ आएको बताएका थिए। 

प्रहरीले तीनवटा चक्कु र एक थान डोरीसमेत बरामद गरेको छ भने हत्याको आशङ्कामा उनलाई नियन्त्रणमा लिएको छ। 

मनिलास्थित अमेरिकी दूतावासका प्रवक्ताले एएफपीसँग भने, “हामीलाई यो घटनाबारे जानकारी छ। अमेरिकी प्राइभेसी एक्टका कारण हामी थप जानकारी दिन सक्दैनौं।’

महिलाको मृत्युको कारण पत्ता लगाउन शव परीक्षणको तयारी भइरहेको फिलिपिन्स प्रहरीले जनाएको छ। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .