राजनीति


बालकृष्ण पक्राउ परेपछि मञ्जु सम्पर्कविहीन, मोबाइल पनि बन्द

बालकृष्ण पक्राउ परेपछि मञ्जु सम्पर्कविहीन, मोबाइल पनि बन्द

फाइल तस्बिर


नेपालखबर
बैशाख २७, २०८० बुधबार १४:५४, काठमाडौँ

पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उनकी पत्नी मञ्जु खाँण सम्पर्कविहीन भएकी छन्। उनी नेपाली कांग्रेसकी समानुपातिक सांसदसमेत हुन्। 

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाँण पक्राउ परेको पाँच घण्टा बित्दा पनि मञ्जु सम्पर्कमा नआएकी हुन्। 

बुधबार बिहान बालकृष्णलाई पक्राउ गर्न प्रहरी टोली चाबहिलको मैजुबहाल पुग्दा घरमा मञ्जु थिइनन्।

बालकृष्ण र उनका सहयोगी नरेन्द्र केसी मात्रै थिए। अहिले उनको मोबाइल फोनसमेत बन्द छ। उनी सम्पर्कविहीन भइरहँदा प्रतिनिधिसभामा सरकारका नीति तथा सिद्धान्तमाथि छलफल चलिरहेको छ।

नक्कली शरणार्थी प्रकरणमा मञ्जुले पनि साढे ६ करोड रुपैयाँ बिचौलियाबाट लिएको अडिओ केही दिनअघि सार्वजनिक भएको थियो। 

उनीसँगै कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले पनि अढाई करोड रुपैयाँ बुझेको विवरण उक्त अडिओमा थियो।

उक्त प्रकरणमा मुछिन पुगेपछि मञ्जु अहिले पति बालकृष्ण र प्रहरीको पनि सम्पर्कबाहिर रहेकी हुन्। 

हालसम्म प्रहरीले यो प्रकरणका १२ जनालाई पक्राउ गरिसकेको छ। पछिल्लो पटक खाँण समातिएका छन्। 

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा बुधबार ५ घण्टासम्म बयान लिइएको छ। तर यतिका समय बित्दा पनि पतिको अवस्थाबारे जानकारी लिन मञ्जुले प्रहरीसँग पनि सम्पर्क नगरेको स्रोतले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .