राजनीति


पूर्वगृहमन्त्री खाँणका निजी सचिव केसी पनि पक्राउ

पूर्वगृहमन्त्री खाँणका निजी सचिव केसी पनि पक्राउ

नेपालखबर
बैशाख २७, २०८० बुधबार १०:१८, काठमाडौँ

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँगै प्रहरीले उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

उनका सहयोगी केसीसहित खाँणलाई बुधबार बिहान उनकै निवास चाबहिलबाट पक्राउ गरिएको काठमाडाैँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले नेपालखबरलाई जानकारी दिए।

उनीहरूलाई अपराध महाशाखा बानेश्वर लगिँदै छ। त्यसपछि काठमाडौं प्रहरी परिसर ल्याइने उनले बताए।  यसअघि उक्त मंगलबारसम्म उक्त प्रकरणमा १० जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।

नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग जोडिएको भन्दै उनीहरूलाई अनुसन्धानका लागि समातिएको हो। गिरोहले खाँणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो सार्वजनिक भएको थियो।

अडिओबारे प्रहरीले छानबिन गरिरहेको छ।

सोही प्रकरणमा जोडिएका पूर्वउपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी वैशाख २० देखि फरार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .