नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले नीतिभन्दा नियत खराब हुँदा समस्या सिर्जना भएको बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको नीति तथा कार्यक्रममाथि छलफलमाा सहभागी हुँदै उनले सो कुरा बताएका हुन्।
‘विधेयकमा विभिन्न प्रकोपका विपद्हरु छन्। विपद्हरुका बारेमा विधेयकले बोलेको छैन,’ सांसद सापकोटाले भने, ‘यसका बारेमा पनि समावेश गरेर गइयोस् भन्ने ध्यानाकर्षण गराउँछु।’
संसदमा जोडी फेर्ने र संघीयता खारेज गर्ने लगायतका कुरा चलेको भन्दै नेपालमा नीति, योजना र कार्यक्रम नभएर विकास नभएको दाबी गरे।
‘जोडी फेर्ने कुरा पनि आयो। संघीयतालाई खारेज गर्नुपर्छ भन्ने छलफल पनि चलेका छन्। मलाई त्यस्तो लाग्दैन। नेपालमा नीति नभएर, योजना नभएर, कार्यक्रम नभएर विकास नभएको होइन। हाम्रो सबैभन्दा पहिला फेर्नपर्ने नियत हो,’ सांसद सापकोटाले भने, ‘सबैभन्दा ठूलो गडबडी नीतिभन्दा नियत खराब छ, कानुनभन्दा कार्यान्वयन र कायैशलीमा जटिलता छन्। जोडि फेर्ने भन्दा पहिला नियत बदलौं। संघीयतालाई खारेज गर्ने होइन हाम्रा खराब नियत र कार्यशैलीलाई खारेज गरौं।’
Shares

प्रतिक्रिया