राजनीति


संघीयतालाई बलियो बनाएमात्र विकासको काम अघि बढ्छ : उपेन्द्र यादव

संघीयतालाई बलियो बनाएमात्र विकासको काम अघि बढ्छ : उपेन्द्र यादव

नेपालखबर
बैशाख २६, २०८० मंगलबार १५:१, काठमाडौँ

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीयतालाई बलियो बनाएमात्र विकासको काम अघि बढ्ने बताएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। साथै, उनले अघिल्लो आर्थिक वर्षमा पनि प्रदेशलाई बजेट थोरै भएको गुनासो गरे। 

‘संघीयतालाई कमजोर बनाएर विकास अगाडि बढ्दैन, अघिल्लो पटकपनि प्रदेशलाई बजेट थोरै दिइएको थियो,’ उनले भने, ‘सायद अहिलेपनि होला, १४ प्रतिशत बजेट छुट्याइएको थियो। ७ वटा प्रदेशले १४ प्रदेश बजेटबाट कसरी विकास गर्लान? त्यसकारण वित्तीय संघीयता अत्यन्त महत्वपूर्ण पक्ष हो।’

संसद बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि छलफल भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .