ad ad

राजनीति


नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउने खेल नहोस् : केपी ओली

नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउने खेल नहोस् : केपी ओली

फाइल तस्बिर।


नेपालखबर
बैशाख २४, २०८० आइतबार १८:५८, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले.का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषिउपर कडाइका साथ कारबाही गर्न
प्रधानमन्त्रीलाई आग्रह गरेको बताए।

आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले सो कुरा बताएका हुन्।

‘मैले कडाइका साथ कारबाही गर्नुस् जो दोषि छन्, उपयुक्त ढंगले छानबिन गरेर कडाइका साथ कारबाही गरोस् सरकारले,’ उनले भने, ‘प्रहरीको छानबिनमा सरकारले कतैबाट हस्तक्षेप गर्ने, बयान फेराउने यस्तो उस्तो नगरोस्। र निष्पक्ष ढंगले जो दोषी छन् तिनीहरूलाई कारबाही गरोस् र निर्दोषलाई फसाउने प्रयास पनि नगरोस् त्यो कुरा मैले उहाँलाई भने।’ 

उनले छानबिनमा सरकारले हस्तक्षेप नगर्न र बयान नफेराउन पनि सचेत गराए।

‘हामी भ्रष्टाचार कसैले कुनै रुपमा गरोस्, त्यसलाई सहँदैनौँ। हाम्रो सम्पर्कमा भए त सरकारको सम्पर्कमा भइहाल्नुहुन्थ्यो नि,’ अध्यक्ष ओलीले भने।

अध्यक्ष ओलीले आरोपित एमाले सचिव टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नभएको स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .