ad ad

राजनीति


गृहमन्त्रीलाई राष्ट्रियसभा सदस्य रायमाझीको आग्रह– खुट्टा नकमाउनुस्

गृहमन्त्रीलाई राष्ट्रियसभा सदस्य रायमाझीको आग्रह– खुट्टा नकमाउनुस्

नेपालखबर
बैशाख २४, २०८० आइतबार १७:५३, काठमाडौँ

राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले भूटानी शरणार्थी प्रकरणबारे कसैको दबाबमा नपरी कारबाहीको प्रक्रिया अघि बढाउन उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आग्रह गरेका छन्। 

आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्। ‘यो व्यवस्था बचाउने की नबचाउने भन्ने हो, कारबाही गर्न सक्नुभयो भने यो व्यवस्था बच्छ, होइन भने समाजले नयाँ विकल्प खोज्छ,’ उनले भने, ‘खुट्टा नकमाउनुस्, तपाईको आवश्यक्ता छ। कसैको दबाब बिना काम गर्नुहोला, तपाईको आशा छ जनतामा।’

उनले माननिय सकिएको दिनबाट हामी पनि भूटानी शरणार्थी बन्न जाने हो की? भन्दै व्यंग्य समेत गरे। 

उनले पूर्वमाओवादीका नेतालाई नेकपा एमाले अध्यक्षले माया गरेको नभइ सचिवहरु जोगाउन लागेको आशंका आफूलाई लागेको उल्लेख गरे।

‘भूटानी शरणार्थीको कुरा छ। माननिय सकिएको दिन त हामी पनि उतै लाग्ने हो की? भूटानी नै हौँ भनेर,’ उनले भने, ‘त्यस्तो खालको संस्कार र संस्कृतिबाट गएको सरकार संसदबाट जनताले के अपेक्षा गर्ने? जनताले आवाज उठाइरहेका छन्, नेताहरूप्रति कटाक्ष गरिरहेका छन्, हामीले आफ्नो तर्फबाट राम्रो गरौँ।’ 

उनले यस्ता प्रकरणमा जोडिएकाहरुको छानबिन नहुने हो भने समाजले कहिल्यै पनि माफी नदिने बताए। 

दोषीमाथि कारबाही हुनसके मात्रै अहिलेको व्यवस्था बच्ने भन्दै दोषीलाई कारबाहीको कठघरामा उभ्याउन सक्नुपर्ने उनले बताए।

‘मेरै बन्धु माननिय टोपबहादुर रायमाझीको चर्चा छ। बन्धुको चर्चा अलिकति रमाइलो लाग्यो। उहाँको अब अहिले मायाँ गरेको हो की होइन,’ उनले भने, ‘प्रतिपक्ष दलको नेताले सरकारले कुरा गर्न खोज्दा समय उपलब्ध नहुने, बोलचाल बन्द गर्ने, तर आफ्नो पार्टीको सचिव चर्चा भूटानी शरणार्थीमा आएपछि धेरै चासो गरेको देखाउनुभयो।’

सदस्य रायमाझीले दोषीमाथि कानुनअनुसार कारबाही हुनुपर्ने माग गरे।

‘तत्कालीन गृहमन्त्री रामबहादुर बादलको बेलामा भएका सचिवहरु जो आज संवैधानिक निकायमा नियुक्तिका बीचमा भएका छन्। खबरदार सुब्बालाई कारबाही गरेर ठूलो छाती गरिरहेका छन् तिनको लागि हो की जस्तो पो लागिरहेको छ,’ उनले भने, ‘जो मान्छे यो केसमा जोडिएका छन्। यस्ता मानिसलाई पार्टीको नाममा छोड्ने हो भने कहिले पनि यो समाजले छुट गर्ने छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .