कारोबार


यामाहा नेपालले ल्यायो ‘ब्लु स्ट्रिक्स’

यामाहा नेपालले ल्यायो ‘ब्लु स्ट्रिक्स’

नेपालखबर
बैशाख २४, २०८० आइतबार १८:३, काठमाडौँ

यामाहा नेपालले यामाहा ब्लू स्क्वायर, नक्सालबाट आफ्नो बहुप्रतिक्षित ‘ब्लु स्ट्रिक्स’ पहल सुरु गर्ने घोषणा गरेको छ।

यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र चालक तथा उनीहरूका मोटरसाइकलहरूबीच बलियो सम्बन्ध सिर्जना गर्न डिजाइन गरिएको ‘ब्लु स्ट्रिक्स’ एक रोमाञ्चक र नवीन कार्यक्रम भएको कम्पनीको भनाई छ, जसले एउटा सशक्त यामाहा परिवार सिर्जना गर्नेछ।

कम्पनीका अनुसार यामाहा केवल मोटरसाइकल निर्माता मात्र नभएर सवारहरूका लागि अविस्मरणीय अनुभवहरूको निर्माता पनि हो। ‘ब्लु स्ट्रिक्स’ यामाहाको आफ्ना ग्राहकहरूसँग गहिरो सम्बन्ध विकास गर्न र भविष्यमा ‘म्यान–मेसिन’ अन्तरक्रियालाई थप आकर्षक र रोमाञ्चक अनुभव बनाउने प्रतिबद्धताको एक हिस्सा हो।

‘ब्लु स्ट्रिक्स’ कार्यक्रममा सामेल भएर यामाहा मालिकहरूले यामाहा समुदायसँग संलग्न भई विभिन्न फाइदा र अवसरहरू प्राप्त गर्नेछन्।

विशेष कार्यक्रमका अवसर र सवारीहरूदेखि लिएर भविष्यमा आउने विशेष प्रमोशन र छुटहरूसम्म प्रदान गरि ‘ब्लु स्ट्रिक्स’ ले यामाहा मालिकहरूका लागि थप निकटता र रमाइलो अनुभव सिर्जना गर्ने लक्ष्य राखेको छ।

‘ब्लु स्ट्रिक्स’को सुरुवात यामाहाका लागि महत्वपूर्ण कोसेढुङ्गा हो’ माउ इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले भने, ‘हामी सम्पूर्ण यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र उनीहरूसँग बलियो सम्बन्ध बनाउन पाउँदा हर्षित छौं। हाम्रो लक्ष्य भनेको मोटरसाइकल र खुला सडकप्रति आफ्नो प्रेम बाँड्न सक्ने भावुक र जिम्मेवार यामाहा मालिकहरूको समुदाय सिर्जना गर्नु हो।’

‘ब्लु स्ट्रिक्स’ बारे थप जानकारीको लागि र कार्यक्रममा सामेल हुन यामाहाको वेबसाइटमा जान कम्पनीले आग्रह गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad