ad ad

राजनीति


सुनिल शर्माको माग : शरणार्थी प्रकरणमा मुछिएकालाई संसदमा ल्याएर बयान लिऊँ

सुनिल शर्माको माग : शरणार्थी प्रकरणमा मुछिएकालाई संसदमा ल्याएर बयान लिऊँ

कांग्रेस सांसद सुनिल शर्मा। तस्बिर : सरोज बैजु


नेपालखबर
बैशाख २४, २०८० आइतबार १७:२६, काठमाडौँ

नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा थुनामा राखिएका दुई जनालाई संसदमा ल्याएर बयान गर्न लगाउन माग गरेका छन्। 

आइतबारबाट सुरु भएको बजेट अधिवेशनको पहिलो बैठकमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेका दुई जनालाई संसदमा ल्याएर बयान गर्न लगाउन माग गरेका हुन्। 

‘यो राष्ट्रिय स्क्यान्डल भएकाले सम्भव हुन्छ भने सदनमा ल्याएर कमसेकम दुई जना भरियालाई मुख्य नाइके को हुन भनेर एक्सपोज गर्न लगाउनु पर्छ,’ शर्माले भने, ‘र यो सदन इमान्दार भएर, पार्टीलाई नहेरीकन सबै इमान्दार भएर बयान गरिनुपर्छ।’ 

थुनामा राखिएकाहरुलाई आफूले भेट्दा सरकारी वकिलकै अगाडि बयान परिवर्तन गराउन दबाब दिने काम भइरहेको पाइएको उनको दाबी छ। 

‘मेरो क्षेत्रसँग सम्बन्धित केस भएकाले बुझ्ने क्रममा थुनामा राखिएकालाई भेट्न केही दिन अघि गएँ। भेटेँ। उनीहरुलाई त्यहाँ राखेर बयान गर्दा बयान परिवर्तन गर्न प्रेसर हालिने काम भइरहेको छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .