ad ad

कारोबार


प्रभु लाइफद्वारा इटहरीमा ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’

प्रभु लाइफद्वारा इटहरीमा ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’

नेपालखबर
बैशाख २४, २०८० आइतबार १७:३६, काठमाडौँ

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले इटहरीमा ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ कार्यक्रम सम्पन्न गरेको छ।

शनिबार सम्पन्न कार्यक्रममा कम्पनीका प्रदेश १ ‘ए’ र ‘बी’ अन्तर्गतका एजेन्सी लिडर्सहरुको उल्लेख्य मात्रामा सहभागीता रहेको थियो। ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’को उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रसाईले यस किसिमका सेल्स मोटिभेसन सेसनले कम्पनीमा आवद्ध बीमा मध्यस्थकर्ताहरुको कार्यक्षमता बृद्धि एवं व्यवसायीक सफलतामा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रमुख कार्यकारी अधिकृत प्रसाईले थपे, ‘हामीले आफ्नो कामलाई महत्वका साथ निरन्तरता दिन सकियो भने सफलताले तपाई हामीलाई खोज्दै आउने छ। त्यसैले आफ्नो कामलाई माया गरौ र निरन्तरता दिऔं।’

प्रभु लाइफका नायव महाप्रबन्धक सोन बहादुर मगरले सम्बोधन गर्दै जीवन बीमाको औचित्व र जीवन बीमा मध्यस्थकर्ताका काम, कर्तब्यका बारेमा प्रष्ट पारे।

कम्पनीका सहायक महाप्रबन्धक टीकादत्त प्याकुरेलले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गरे। कार्यक्रममा प्रदेश १ ‘ए’ र ‘बी’ अन्तर्गतका पाँच पाँच जना उत्कृष्ट बीमा अभिकर्ताहरुलाई सम्मान गरिएको थियो।

कार्यक्रममा प्रभु लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई, नायव महाप्रबन्धक सोन बहादुर मगर, सहायक महाप्रबन्धक टीकादत्त प्याकुरेल, प्रदेश १ ‘ए’ प्रमुख पुष्कर भट्टराई, प्रदेश १ ‘बी’ प्रमुख जगत नाथ फुयाल, ब्राण्डिङ प्रमुख विनोद घिमिरे लगायतको उपस्थिती रहेको थियो।

अन्तर्राष्ट्रिय नेपाली मोटिभेसनल ट्रेनर बी.पी. रेग्मीको लाइफ इन्स्योरेन्स सेल्स सेसन कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको थियो।

ट्रेनर रेग्मीले व्यवहारीक तरिकाले व्यवसायीक बृद्धिका सुत्रहरु दिएका थिए। बीमा मध्यस्थकर्ताहरुको व्यवसायीक जीवनका आयामहरु र आगामी सहज एवं सफल यात्राका विषयहरु इन्स्योरेन्स सेल्स सेसनमा समेटिएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .