ad ad

राजनीति


संसद्को बर्खे अधिवेशन आजदेखि, यस्तो छ पहिलो बैठकको सम्भावित कार्यसूची

संसद्को बर्खे अधिवेशन आजदेखि, यस्तो छ पहिलो बैठकको सम्भावित कार्यसूची

फाइल तस्बिर


नेपालखबर
बैशाख २४, २०८० आइतबार ७:३, काठमाडौँ

सङ्घीय संसद् (प्रतिनिधि र राष्ट्रियसभा) को बर्खे अधिवेशन आज (आइतबार) सुरु हुँदै छ। राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानअनुसार बर्खे अधिवेशन आज अपराह्न ४ बजे बानेश्वरस्थित संसद् भवनमा प्रारम्भ हुने भएको हो। 

संसद् सचिवालयका अनुसार अधिवेशनको पहिलो बैठकको सम्भावित कार्यसूचीमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा र राष्ट्रपतिको कार्यकालबाट प्राप्त मन्त्री पदमा नियुक्तिसम्बन्धी पत्रको बेहोरा बढेर सुनाउने उल्लेख गरिएको छ। 

त्यसैगरी आजको बैठकमा सभामुखले आफ्नो अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यको मनोनय गर्ने सम्भावति कार्यसूची छ।

त्यसैगरी बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेस गर्ने कार्यतालिका छ।

बैठकको अन्तिममा अर्थमन्त्री डा प्रकाशशरण महतले, ‘आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजित विधेयकका विभिन्न सिद्धान्त र प्राथमिकतासम्बन्धी (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस्’, भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। 

शनिबार बसेको सत्ता गठबन्धनको बैठकमा सरकारको आगामी बजेट र नीति तथा कार्यक्रमसम्बन्धी छलफल भएको थियो। यस अधिवेशनमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम आय व्यायको विवरण (बजेट) प्रस्तुत हुनेछ। 

हर्नुहोस् संसद् बैठकको सम्भावित कार्यसूची– 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .