ad ad

कर्णाली


मुगु हिमपहिरो अपडेट : यार्सा टिप्न गएका जुम्लाका ३ जनाको मृत्यु

मुगु हिमपहिरो अपडेट : यार्सा टिप्न गएका जुम्लाका ३ जनाको मृत्यु

फाइल तस्बिर


नेपालखबर
बैशाख २४, २०८० आइतबार ७:१५, जुम्ला

मुगुको च्यार्खु लेकमा हिउँ पहिरामा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीनजनाको घटनास्थलमै मृत्यु भएको छ। पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको मृत्यु भएको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन्। 

यार्सा सङ्कलनका लागि  पातारासीबाट गएका १४ जनाको टोलीमध्ये तीनजनाको मृत्यु भएको उनले बताइन्। अन्य सामान्य घाइते भएका छन्। दुईजना सकुशल रहेको खबर प्राप्त भएको छ। प्रहरीको टोली घटनास्थलतर्फ गएको छ। उनीहरुको उद्धार गर्न मुगुको जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र सङ्घीय सरकारलाई जानकारी गराएको उपाध्यक्ष रोकायाले जानकारी दिइन्। 

शनिबार दिउँसो खबर आएसँगै इलाका प्रहरी चौकी मुगुबाट प्रहरीको टोली घटनास्थलतर्फ गइसकेकाले के–कसरी घटना भयो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले जानकारी दिए।

यार्सागुम्बा सङ्कलनका लागि गाउँपालिकाले अगामी जेठ ४ गतेदेखि प्रवेश अनुमति खुला गर्ने भनिए पनि त्यो सूचनालाई छलेर अहिले सयौँ व्यक्ति अर्कै बाटो हुँदै मुगुको पाटनमा पुगेका छन्। ती तीन जनासहितको टोली पनि अर्कै बाटो भएर पाटनमा पुगेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .