राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिसिल्सना कम्बोडियाको भ्रमण पूरा गरि शुक्रबार साँझ स्वदेश फिर्ता भएका छन्।
कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनको सम्मान कार्यक्रममा भाग लिएर अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता भएका हुन्।
अध्यक्ष तिमिल्सिनालाई त्रिभुवन विमानस्थलमा संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतम र राष्ट्रिय सभाका सचिब डा सुरेन्द्र अर्यालले स्वागत गरेका छन्।
अध्यक्ष तिमिल्सिनाले एसियन कल्चरल काउन्सिल र कम्बोडियन कमिटि अन नेशनल फेस्टिभल्स एण्ड सेरेमोनिजद्वारा आयोजित कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा सम्बोधन गरेका थिए।
उक्त कार्यक्रममा कम्बोडियाका प्रधानमन्त्री हुनसेनलाई वल्ड बुद्दिष्ट फाउन्डेसनको पेट्रोन अफ द वल्र्ड बुद्दिष्ट अनोररी डक्ट्रेट ईन ह्युमानिटीको मानार्थ पदाबधी प्रदान गरिएको थियो।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कम्बोडियाका समकक्षी सिनेटका अध्यक्ष समदेक विभोलेस्ना फेकदेक चे सुमसँग भेटघाट गरेका थिए।
भेटघाटमा ९७ प्रतिशत बौद्धमार्गी रहेको कम्बोडिया र बुद्धजन्मस्थल लुम्बिनीलाई एकापसमा जोड्नका लागि नेपाल कम्बोडिया सिधा हवाईसेवा सुरू गर्ने र द्वन्द्दोतर अनुभव आदनप्रदान गर्ने बिषयमा छलफल भएको थियो।
अध्यक्ष तिमिल्सिनाको भ्रमण दलमा बागमती प्रदेश सभाका सदस्य अमन मास्के र संघीय संसद सचिवालयका उपसचिव नुमराज खनाल रहेका थिए।
Shares

प्रतिक्रिया