राजनीति


संघीय संसदका दुवै सदनमा नयाँ सचिव नियुक्त

राष्ट्रियसभामा अर्घाखाँचीका अर्याल, प्रतिनिधिसभामा पाल्पाका पाण्डेय
संघीय संसदका दुवै सदनमा नयाँ सचिव नियुक्त

फाइल तस्बिर


नेपालखबर
बैशाख २१, २०८० बिहिबार १७:३९, काठमाडौँ

संघीय संसदका दुवै सदनमा नयाँ सचिव नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार दुवै  सदनमा नयाँ सचिव नियुक्त भएका हुन्। 

यसअघिका सचिवहरुले पाँच वर्षे कार्यकाल पूरा गरेर बिदा भएपछि नयाँ सचिव नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका सचिव यादवप्रसाद कोइरालाले  बताएका छन्। 

संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको नयाँ सचिवमा पाल्पाको रिब्दीकोट गाउँपालिका १ का पद्म प्रसाद पाण्डेय नियुक्त भएका छन्। 

राष्ट्रपति पौडेलले सभामुख देवराज घिमिरेको सिफारिसमा संविधानको धारा १०६ को उपधारा (१) बमोजिम पाण्डेयलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गरेका हुन्। 

त्यसैगरी राष्ट्रियसभाको नयाँ सचिवामा अर्घाखाँचीको साविक चिदिका ३ का डा. सुरेन्द्र अर्याल नियुक्त भएका छन्। 

उनलाई अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको सिफारिसमा संविधानको धारा १०६ को उपधारा (१) राष्ट्रिय सभाको सचिव पदमा नियुक्त गरिएको हो। यसअघि राष्ट्रियसभाको सचिवमा राजेन्द्र फुयाँल थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad