राजनीति


यी हुन् आजको मन्त्रिपरिषद् बैठकले गरेका ५ निर्णय

यी हुन् आजको मन्त्रिपरिषद् बैठकले गरेका ५ निर्णय

बुधबार बसेको मन्त्रिपरिषद् बैठक


नेपालखबर
बैशाख २०, २०८० बुधबार १३:४५, काठमाडौँ

आज बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वानलगायत विभिन्न विषयमा निर्णय गरेको छ। 

आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख २४ गते संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलेसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।  

यी हुन् आजको मन्त्रिपरिषद् बैठकले गरेका ५ निर्णय– 
१– आगामी वैशाख २४ गते संसद् अधिवेशन आह्वान गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने। 

२– एसीसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख र अन्य टिम अफिसियललाई जनही ३ लाख प्रोत्साहनस्वरूप उपलब्ध गराउने।

३– कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउन आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी निर्माण कार्य सम्पन्न गर्ने। 

४– कोशीटप्पु वन्यजन्तु आरक्ष स्थापना गर्दा विस्थापितहरूका सन्दर्भमा थप छानबिन गरी समस्या समाधान गर्न आयोग पुनर्गठन गरी तीन महिना म्याद थप गर्ने।

५–विज्ञापन नियमन गर्ने ऐन २०७६ मा भएको एकद्वार र समानुपातिक विज्ञापनका सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी विज्ञापन नियमावली २०७७ संशोधन गर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .