राजनीति


रास्वपा प्रवक्ताको दाबी : प्रधानमन्त्रीबाट गृहमन्त्रालय दिन सक्ने प्रतिबद्धता आयो

रास्वपा प्रवक्ताको दाबी : प्रधानमन्त्रीबाट गृहमन्त्रालय दिन सक्ने प्रतिबद्धता आयो

रास्वपा प्रवक्ता मुकुल ढकाल। तस्बिर : नेपालखबर


नेपालखबर
बैशाख १८, २०८० सोमबार १७:३६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा जाने या समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्नेबारे निर्णय लिन आगामी शुक्रबार निर्णय लिने भएको छ।

सभापति रवि लामिछानेले आइतबार बालुवाटार पुगेर प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डसँग गरेको भेट सकारात्मक रहेको निष्कर्षसहित रास्वपाले थप निर्णय शुक्रबार लिने भएको हो। 

‘अब पार्टी कि त सरकारमा जान्छ कि त प्रतिपक्षमा जान्छ। सरकारमा जाने या प्रतिपक्षमा बस्ने भनेर आगामी शुक्रबार केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दैछ’, उनले भने, ‘सरकारमा जाने या प्रतिपक्षमा बस्ने निर्णय त्यही दिन गर्छौँ।’

उनले सोमबारको बैठकमा केन्द्रीय समितिका सबै सदस्यहरुले पार्टी सरकारमा जाँदाका फाइदाहरु र हामीले गर्न सक्ने कामहरुबारे कुरा राखेको नपि बताए। 

‘पार्टी सरकारमा नगएर प्रतिपक्षमा जाँदाको फाइदा बेफाइदाबारे पनि कुरा गर्यौँ। सरकारमा जाने वा नजाने धारणा राख्न पाइएन’, उनले भने, ‘सरकारमा जाँदा र नजाँदाको धारणा राखिएको छ। शुक्रबार थप निर्णय हुन्छ।’

उनले आइतवार सभापति लामिछानेले बालुवाटारमा गरेको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले साविककै मन्त्रालय दिने प्रतिबद्धता जनाएको बताए।

‘प्रधानमन्त्रीले साविकको मन्त्रालय दिन सकिने बताउनु भएको छ। उहाँले गठबन्धन सरकारको न्यूनतम् साझा नीति तथा कार्यक्रम पुनर्लेखनको अधिकार पनि दिने कुरा गर्नु भएको छ’, उनले भने, ‘प्रधानमन्त्रीसँग पनि संवाद भइरहेकाले थप निर्णय शुक्रबार लिन्छौँ। कि सरकारमा जान्छौँ कि प्रतिपक्षमा बस्छौँ। समर्थन गरेर मात्रै बीचमा बस्दैनौँ।’ 

पुस १० गते एमाले नेतृत्वको सात दलीय गठबन्धन बनेपछि रास्वपा सभापति लामिछाने उप्रधान तथा गृहमन्त्रीका रुपमा सरकारमा गएका थिए।

त्यसैगरी उपसभापति डोलप्रसाद अर्याल डोलप्रसाद अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिशिर खनालले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी पाएका थिए। त्यस्तै, डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री भएकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .