ad ad

राजनीति


पोखरा १८ मा पुनः मतगणना गर्ने उच्चको आदेश कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

पोखरा १८ मा पुनः मतगणना गर्ने उच्चको आदेश कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

नेपालखबर
बैशाख १५, २०८० शुक्रबार २०:१४, काठमाडौँ

पोखरा महानगरपालिका वडा नं १८ का वडाध्यक्षको पुनः मत गणना तत्काल नगर्न सर्बोच्च अदालतले आदेश दिएको छ। उच्च अदालतले पुनः मत गणना गर्न आदेश दिए पनि उच्चको निर्णय तत्काल कार्यन्वयन नगर्न शुक्रबार सर्बोच्चले अन्तरकालीन आदेश जारी गरेको हो। 

सर्बोच्च अदालतका न्यायाधीश प्रकाश कुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले तत्काल पुनः मतगणना गर्न उच्चले दिएको आदेश नमिलेको ठहर गरेको हो।

दोहोर्‍याएर मत गणना गर्न माग गर्दै उच्च अदालत पोखरामा रिट परेको थियो।

रिटमा गत चैत २१ गते फैसला भएको थियो। गत जेठ १० गते निर्वाचन अधिकृतको कार्यालयले मतगणना पछि घोषणा गरेको मत परिणाम बदर गर्दै पुनः मतगणना गर्न उच्चले आदेश दिएको थियो।

उच्चको आदेशविरुद्ध हालका वडाध्यक्षले पुनरावेदन गरेका थिए। उनले पुनः मतगणना नगर्न माग गरेका थिए। उनले उच्च अदालतको फैसला कार्यन्वयनमा रोक लगाउन माग गर्दै अन्तरकालीन आदेश समेत माग गरेका थिए। 

उच्च अदालतले आदे दिँदा आधार बनाएको कानुनी व्यवस्था नै गलत रहेको सर्वोच्चको आदेशमा भनिएको छ।

‘निर्वाचन ऐन २०७३ को दफा ५२ को कानूनी व्यवस्था हेर्दा मतदान केन्द्रको मतगणना समाप्तन नहुँदै वा गणना गरिएको मतपत्र सिलबन्दी हुनुभन्दा पहिले कुनै उम्मेदवार वा उनको प्रतिनिधिले केही वा सबै मतपत्र दोहोर्‍याएर गणना गर्न निर्वाचन अधिकृत समक्ष कारणसहित लिखित निवेदन दिन सक्ने र यस्तो निवेदन पर्न आएमा निर्वाचन अधिकृतले त्यस्तो निवेदन तत्काल दर्ता गरी दोहो¥याई मत गणना गर्न सक्ने कार्यसँग सम्बन्धित देखिन्छ’, सर्वोच्चको आदेशमा भनिएको छ। 

यहि दफालाई हवाला दिई गरिएको आदेश दिने सम्बन्धि कानुनी व्यवस्थामा सम्बन्धित नदेखिएको भन्दै कार्यन्वयन नगर्न सर्वोच्चले भनेको हो। 

मुद्दाको अन्तिम किनारा नलागेसम्म उच्च अदालत पोखराको फैसला कार्यन्वयन नगर्न भनिएको छ।

निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद तिमिल्सिना तीन मतले विजयी भएको घोषणा गरिएको थियो। तर, एमालेका तर्फबाट वडाध्यक्षका प्रत्यासी पुस्कलबहादुर थापाले नतिजामा असहमति जाहेर गर्दै आफू ९ मतले विजयी भएको जिकिर गरेका थिए।

निर्वाचन कार्यालयले त्यतिबेला शिवले १६ सय ४३ र पुस्कलले १६ सय ४० मत प्राप्त गरेको घोषणा गरेको थियो।

गएको वैशाख ३० गते भएको निर्वाचनको मत परिणाम जेठ १० गते आएको थियो । वैशाख १२ गते शिवलाई विजयी भएको प्रमाणपत्र दिइएको थियो।

निर्णयप्रति चित्त नबुझेपछि पुस्कलले अदातलको ढोका ढक्ढक्याएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .