राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भएको छ।
नेपाली राजदूतावासले शुक्रबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भएको उल्लेख गरिएको छ।
‘स्वास्थ्य परीक्षणको रिर्पोट सकारात्मक आएको र केही रिर्पोट आउन बाँकी रहेको कुरा उपचारमा संलग्न चिकित्सकहरुले जनाएको छन्’ विज्ञपप्तिमार्फत भनिएको छ।
छातीमा इन्फेक्सन देखिएपछि राष्ट्रपति पौडेल अहिले भारतमा उपचार गराइरहेका छन्।
दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा पौडेलको उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको सचिवालयले जनाएको छ।
18
Shares
प्रतिक्रिया