राजनीति


अयोग्य लडाकुलाई रकम : शेखरपछि गगन पनि उत्रिए विरोधमा

अयोग्य लडाकुलाई रकम : शेखरपछि गगन पनि उत्रिए विरोधमा

नेपालखबर
बैशाख १४, २०८० बिहिबार १९:५४, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले राज्यकोषबाट ठूलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्। राज्यकोषमा स्रोतका व्यापक दबाब भएको बेलामा यो निर्णय गलत भएको भन्दै उनले त्यसलाई रोक्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै महामन्त्री थापाले संक्रमणकालीन न्यायको कामलाई शिघ्र टुंगोमा पुर्‍याउनुपर्ने पनि बताएका छन्। 

‘राज्यकोषमा स्रोतको व्यापक दबाब परेको यो समयमा राज्यकोषबाट ठुलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत छ,रोक्नुपर्छ’, प्रतिनिधिसभा सांसद समेत रहेका थापाले भनेका छन्, ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचारधिन रहेकोले सरकार रकम बाँड्न होइन पिडितमैत्री कानून बनाई संक्रमणकालीन न्यायको कामलाई शिघ्र टुङ्ग्याउन केन्द्रित होस्।’

यसअघि नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पनि यो विषयमा विरोध जनाएका थिए। उनले माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गर्नुपर्ने पनि बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .