ad ad

राजनीति


कामका आधारमा मात्रै कर्मचारीको मूल्यांकन हुन्छः अर्थमन्त्री डा महत

कामका आधारमा मात्रै कर्मचारीको मूल्यांकन हुन्छः अर्थमन्त्री डा महत

नेपालखबर
बैशाख १४, २०८० बिहिबार ११:१५, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीको मूल्यांकन कामका आधारमा हुने बताएका छन्। कर्मचारीले जिम्मेवारी इमान्दार, पारदर्शी र समर्पणका साथ पूरा गर्न उनले निर्देशन दिए।

बिहीबार विराटनगर भन्सार निरीक्षणका क्रममा मन्त्री डा. महतले कर्मचारीहरूलाई यस्तो निर्देशन दिएका हुन्।

उनले भने, ‘कुनै पनि तहमा माथि देखाएर जिम्मेवारी दुरुपयोग गर्ने अथवा अनुचित काम गर्ने छूट कसैलाई छैन। भन्सार चुहावट गर्ने प्रवृत्तिलाई हामी क्षमा दिँदैनौं, मलाई विश्वास छ, तपाईंहरूले राम्रो गर्नु हुनेछ, राम्रो गर्न कोसिस गरिराख्नु भएको छ।’

'कुनै पनि कर्मचारीले पारदर्शिता, कर्तव्यनिष्ठा देखाउने छन् भन्ने कुरामा मलाई विश्वास छ, यो आर्थिक वर्ष असारसम्ममा भन्सार असुलीको प्रतिशत निकै बढ्ने मैले अपेक्षा गरेको छु,’ मन्त्री डा. महतले भने, ‘राजश्व बढाउन हामीले करदातालाई अनावश्यक दुःख दिनु हुँदैन। तर नियम कानुनले दिएको छ, त्यसमा कर्मचारीले कार्यान्वयन गर्न चुक्नु हुँदैन भनेर अनुरोध गर्छु।’

कर्मचारीको कामका आधारमा अर्थमन्त्रालयले दृष्टिकोण बनाउने उनले बताए।

'कामबाहेक अन्य कुनै कारण अथवा पृष्ठभूमिबाट तल¬माथि लैजाने र ल्याउने काम अर्थमन्त्रालयले गर्दैन, जिम्मेवारी वहन एउटै मात्र आधार हो,' उनले भने, 'यही अनुरुप काम गर्न म सम्पूर्ण कर्मचारी साथीहरूलाई अनुरोध गर्छु।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .