ad ad

राजनीति


क्षेप्यास्त्र आक्रमणपछि खामेनीले भनेः अमेरिकाको कानमा एक थप्पड बजायौं

क्षेप्यास्त्र आक्रमणपछि खामेनीले भनेः अमेरिकाको कानमा एक थप्पड बजायौं

नेपालखबर
पुस २३, २०७६ बुधबार ७:५४,

बीबीसीका अनुसार बुधबार इरानी नागरिकलाई सम्बोधन गर्दै खामेनीले अमेरिका ‘बदमास र अमानवीय राष्ट्र’ भएको बताए।

खामेनीले इरानको जवाफी आक्रमण अमेरिकाको कानमा थप्पड भएको बताउँदै भने,‘जवाफी कारवाही गरेर अमेरिकाको कानमा एक थप्पड बजायौं।’

गतहप्ताको बिहीबार राति अमेरिकाले इरानका उच्च सैन्य कमान्डर कासिम सुलेमानीलाई ड्रोन आक्रमण गरि हत्या गरेका थिए।

इरानले अमेरिकासँग बदला लिने बताउँदै मंगलबार अमेरिकी सेनलाई आतंकवादी घोषणा गरेको थियो।

बुधबार बिहानै अमेरिकाले इराकस्थित अमेरिकी दुई सैन्य क्याम्पमा दर्जनभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको थियो।

इरानले ८० अमेरिकी सेनाको मृत्यु भएको दाबी गरेको छ। यद्यपी अमेरिकाले यस विषयलाई पुष्टि गरेको छैन।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आक्रमणको विषयमा बुधबार बिहानै धारणा सार्वजनिक गर्ने बताएका छन्।

राष्ट्रको नाममा सम्बोधन गर्दै खामेनीले पश्चिम एसियाली क्षेत्रले अमेरिकाको उपस्थिती नचाहेको बताए। खामेनीले पश्चिम एसियालाई अमेरिकाले भ्रष्ट बनाएका कारण उनीहरुलाई हटाउनु पर्ने धारणा राखे।

सो क्रममा उनले अमेरिकाद्वारा मारिएका इरानी कमान्डर सुलेमानीको प्रशंसा गर्दै सुलेमानी राष्ट्रका योद्धा भएको बताए।

सुलेमानीको मृत्युको अर्थ ‘क्रान्ति जीवित छ’ भन्ने रहेको खामेनीले बताए। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .