ad ad

कला


दीपिकाले दिइन् जेएनयूका विद्यार्थीलाई साथ, भाजपा समर्थकद्वारा ‘छपाक’ बहिष्कार गर्न आह्वान

दीपिकाले दिइन् जेएनयूका विद्यार्थीलाई साथ, भाजपा समर्थकद्वारा ‘छपाक’ बहिष्कार गर्न आह्वान

नेपालखबर
पुस २३, २०७६ बुधबार ८:११,

मखुण्डोधारी गुण्डाहरुले आक्रमण गरेर दर्जनौँ विद्यार्थी घाइते बनाएको दुई दिनपछि बलिउड अभिनेत्री दीपिका पादुकोण विद्यार्थीहरुप्रति ऐक्यबद्धता जनाउन मंगलबार साँझ दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) पुगिन्। 

दीपिकाको यो कदमलाई थुप्रैले सामाजिक सञ्जालमा ‘साहसिक’ को संज्ञा दिएका छन्। सत्तारुढ भारतीय जनता पार्टी निकटका मानिसहरुले पनि उनको आलोचना गर्दै शुक्रबार रिलिज हुन लागेको उनको फिल्म छपाक बहिष्कार गर्न आह्वान गरेका छन्।

 फिल्मको निर्माता समेत रहेकी दीपिकाले फिल्मबाट घाटा बेहोर्न पर्ने हुनसक्ने पनि चर्चा सामाजिक सञ्जालमा छ।

छपाक एसिड आक्रमणबाट पीडित महिलाको कथा हो।

जेएनयू पुगेर दीपिकाले विद्यार्थी युनियनकी अध्यक्ष आइसा घोषसहितका विद्यार्थीलाई भेटेकी थिइन्।

मोदी सरकारको एकपछि अर्को विभाजनकारी र असहिष्णु कदम चालिरहँदा बलिउडका ठूला कलाकार मौन छन्।

फिल्म क्षेत्रका अनुराग कश्यप, फरहान अख्तर, रिचा चढ्ढा, स्वारा भाष्कर, विशाल भारद्वाज लगायतले मात्र सरकारको विरोध गरेका छन्।

यस्तो अवस्थामा दीपिकाले जेएनयूका विद्यार्थीलाई साथ दिने हिम्मत गरेको भन्दै उनको प्रशंसा भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .