प्रतिनिधि सभा सदस्य उपनिर्वाचनअन्तर्गत बारा २ मा जारी मत गणनाामा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादवले आफ्नो अग्रता थप बढाएका छन्।
प्राप्त पछिल्लो परिणामअनुसार जसपा अध्यक्ष यादव निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाभन्दा ५ हजार ४ सय ३० मतले अगाडि भएका हुन्।
यो खबर लेख्दासम्म अध्यक्ष यादवले १७ हजार ६ सय ५३ मत ल्याउँदा कुशवाहाले १२ हजार २ सय २३ मत पाएका छन्।
यस्तै तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५ हजार ४ सय ३० मत प्राप्त गरेका छन्।
57
Shares
प्रतिक्रिया