ad ad

राजनीति


मन्त्रीले सांसदका प्रश्नको जवाफ नदिएको भन्दै तोसिमाको आपत्ति

मन्त्रीले सांसदका प्रश्नको जवाफ नदिएको भन्दै तोसिमाको आपत्ति

फाइल तस्बिर


नेपालखबर
बैशाख १२, २०८० मंगलबार १४:१६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले संसदमा सांसदहरुले उठाएका प्रश्नहरु पनि वेबसाईटमा राख्ने व्यवस्था गर्न माग गरेकी छन्। 

सांसदहरुले उठाएको प्रश्नको जवाफ सरकारले नदिएको उल्लेख गर्दै उनले ती प्रश्नहरु र अवस्थाबारे आम नागरिकलाई हेर्नेगरी वेबसाइटमा राख्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराइन्। 

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायी बनाउन आवश्यक रहेको पनि दोहोर्‍याइन्। 

उनले सदन सांसदहरुको भन्दा सार्वभौम नेपाली जनताको बढी रहेको पनि बताइन्। 'सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायी बनाउन आवश्यक छ', उनले भनिन्, 'समस्या मात्रै राख्दिनँ सभामुख महोदय, म समाधान पनि दिन चाहन्छु। के–के प्रश्न उठे, तिनको अवस्था के छन्? आमनागरिकले हेर्ने गरी वेबसाइटमा राख्ने व्यवस्था मिलाइयोस्।’

सांसद कार्कीले सरकारका मन्त्रीहरुले सांसदहरुले उठाएका प्रश्नको जवाफ नदिएकोमा आपत्तिसमेत जनाएकी छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .