ad ad

राजनीति


बारा २ : २९ हजार मत गनिसक्दा उपेन्द्रलाई साढे १२ हजार, शिवचन्द्रलाई कति?

बारा २ : २९ हजार मत गनिसक्दा उपेन्द्रलाई साढे १२ हजार, शिवचन्द्रलाई कति?

नेपालखबर
बैशाख १२, २०८० मंगलबार १०:५१, काठमाडौँ

बारा क्षेत्र नम्बर २ मा सम्पन्न प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मत गणना जारी छ। 

यो खबर लेख्दासम्म २९ हजार २ सय १७ मत गनिसकिएको छ। बारा–२ मा कूल ६८ हजार ८ सय ८७ मत खसेको थियो।

जारी मत गणनामा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादवले आफ्नो अग्रता कायमै राखेका छन्। पछिल्लो परिणामअनुसार उनले १२ हजार ७ सय ५२ मत ल्याएका छन्।

उनलाई पछ्याइरहेका जनतम पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ८ हजार ४ सय ३७ मत प्राप्त गरेका छन् भने उनी पछि नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ४ हजार ४ सय ९९ मत पाएका छन्।

यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले १ हजार ९ सय ७६ मत पाएका छन्।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि त्यहाँ आइतबार उपनिर्वाचन गरिएको हो। 

कूल १ लाख ५ हजार २ सय ४८ मतदाता रहेको बारा–२ मा ६५ प्रतिशत अर्थात् ६८ हजार आठ सय ८७ मत खसेको थियो। उक्त निर्वाचन क्षेत्रमा महागढी र पचरौता नगरपालिका, करैयामाई , सुवर्ण र देवताल गाँउपालिकाका ४४  वडा समेटिएका छन्। 

यसैबीच उपनिर्वाचन भएका अन्य क्षेत्र तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले विजयी भइसकेका छन् भने चितवन २ मा रास्वपाकै सभापति रवि लामिछाने फराकिलो मतान्तरका साथ अगाडि छन्। उनको जित निश्चित भइसकेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .