ठूला तीन दलबीच संसदमा रहेको संक्रमणकालीन न्यायिक निरुपण (टीआरसी) सम्बन्धी विधेयक पारित गर्न १५ सदस्यीय विशेष समिति गठन गर्ने सहमति भएको छ।
सोमबार बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेतृत्व र प्रमुख सचेतक तथा सचेतकहरुको छलफलले सहमति जुटाएको एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए।
प्रमुख तीन राजनीतिक दलबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक विशेष समितिमा लगेर टुंगो लगाउने सहमति जुटेको गिरीले बताए। त्यसकै लागि १५ सदस्यीय विशेष समिति बनाउने निर्णय भएको उनले जानकारी दिए।
प्रमुख प्रतिपक्षी एमालेले यो विधेयकमा असहमति जनाउँदै संसदीय समितिमा लानुपर्ने माग गरेको थियो। तर सोमबारको बैठकले फास्ट ट्रयाकबाट टुंगो लगाउने दिशातर्फ लगेको हो।
Shares
प्रतिक्रिया