ad ad

राजनीति


उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न आयोगको निर्देशन

उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न आयोगको निर्देशन

नेपालखबर
बैशाख ११, २०८० सोमबार १७:६, काठमाडौँ

निर्वाचन आयोगले गत मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य उम्मेदवारहरुलाई निर्वाचन खर्च विवरण सार्वजनिक गर्न पुनः स्मरण गराएको छ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिई निर्वाचन खर्चको विवरण पेश गर्ने ५ हजार ५६१ जना उम्मेदवारहरूलाई आफूले गरेको निर्वाचन खर्च सार्वजनिक गर्न भनेको हो।

खर्च विवरण सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयको सूचना पाटी, सम्बन्धित गाँउपालिका वा नगरपालिका वा वडा कार्यालयको सूचना पाटी, राजनीतिक दलको जुनसुकै तहको कार्यालय वा वेबसाइट (राजनीतिक दलको तर्फबाट उम्मेदवार भएका उम्मेदवारको हकमा), आमसञ्चार माध्यम (पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि), सामाजिक सञ्जाल (फेसबुक, टिवटर, ईन्स्टाग्राम) बाट सार्वजनिक गर्न सक्ने र यसरी सार्वजनिक गरेको प्रमाण सहितको जानकारी सम्बन्धित उम्मेदवारहरूले आ–आफ्नो प्रदेश/जिल्ला निर्वाचन कार्यालयलाई दिनु पर्ने आयोगले जनाएको छ।

निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३५ (पैंतीस) दिनभित्र निर्वाचन खर्चको विवरण पेश सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा दिनुपर्ने प्रावधान छ।

सो अवधिमा २ हजार ३७३ प्रतिनिधि सभा सदस्य उम्मेदवार र ३ हजार १८८ प्रदेश सभा उम्मेदवार गरी जम्मा ५ हजार ५६१ उम्मेदवारले विवरण पेश गरेका थिए।

आयोगले निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण ७ दिनभित्र सार्वजनिक गरी सार्वजनिक गरेको जानकारी आफू उम्मेदवार भएको जिल्लाको प्रदेश/जिल्ला निर्वाचन कार्यालयमा पेश गर्न यही वैशाख ६ गते निर्णय गरेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .