प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नं २ मा भएको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता कायमै राखेका छन्।
हालसम्मको ३ हजार ५४३ मतगणना हुँदा लामिछानेले १ हजार ४९२ मतका साथ अग्रता लिएका छन्।
उनलाई नेकपा (एमाले) का उम्मेदवार रामप्रसाद न्यौपानेले १ हजार १३३ मतका साथ पछ्याइरहेका छन्।
तेस्रोमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ७९५ मत ल्याएका छन्।
चितवनमा ७८ हजार २७७ मत खसेको छ।
90
Shares

प्रतिक्रिया