ad ad

राजनीति


इच्छाकामनाबाट दोब्बरको अग्रता बनाए रविले, एमाले दोस्रो, गठबन्धन तेस्रो

इच्छाकामनाबाट दोब्बरको अग्रता बनाए रविले, एमाले दोस्रो, गठबन्धन तेस्रो

फाइल तस्बिर


नेपालखबर
बैशाख ११, २०८० सोमबार १५:४१, चितवन

चितवन क्षेत्र नम्बर २ मा ग्रामीण भेगबाटै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता बनाएका छन्।

मंसिरको चुनावमा सहरी क्षेत्रमा पसेपछि मात्रै फराकिलो अग्रता बनाएका उनले यस पटक गाउँबाटै दोब्बर मत पाएका हुन्।

पछिल्लो गणनाअनुसार उनले इच्छाकामना गाउँपालिकाका १ र ३ नम्बर वडाबाट दोब्बर मत पाएका हुन्।

त्यहाँको २४ सय ८४ मतगणना हुँदा रविले ११५५ मत ल्याएका छन्। रविपछि नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६६५ मत पाएका छन्। 

यहाँ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ५८८ मत ल्याउँदै तेस्रो स्थानमा रहेका छन्। 

गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकाको मत गणना हुँदासम्म पछि थिए।

भरतपुर महानगरपालिकाको गणना सुरु भएपछि उनले अग्रता बढाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .