सेयरबजारमा झिनो अंकको वृद्धि देखिएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २.७१ अंकले बढे पनि १८ सय विन्दुकै वरिपरि घुमिरहेको छ।
सोमबार सूचक १८९१ विन्दु छोए पनि त्योभन्दा घटेर १८८८.३२ अंकमा कायम भएको छ।
योसँगै आज १२० कम्पनीको सेयर मूल्य बढेको, ८५ वटाको घटेको र १५ वटाको उही मूल्यमा कारोबार भएको छ।
यसअनुसार ३३ हजार पटकको कारोबारमा २२ लाख ६० हजार कित्ता सेयर बिक्री भएको छ। कुल कारोबार रकम भने ७५ करोडमै सीमित भएको छ।
आज २७ खर्बको कुल बजार पुँजीकरण हुँदा ९ खर्बको मात्र तरलता देखिएको छ।
सोमबार सबैभन्दा बढी पिपल्स पावर लिमिटेडका लगानीकर्ताले ८.११ प्रतिशत आम्दानी गरेका छन्। यो नै आजको सर्वाधिक आम्दानी हो।
यता निरन्तर बढ्दै आएको कालिञ्चोक दर्शनको सेयर ९.६२ प्रतिशतले घट्दा लगानीकर्ताले ८५.५० रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोर्नुपरेको छ।
आज सर्वाधिक कारोबार पनि कालिञ्चोककै छ। कम्पनीको ८ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको हो।
Shares
प्रतिक्रिया