ad ad

राजनीति


गोविन्दराजको वडामा सदरमध्ये आधा बढी मत स्वर्णिमलाई

गोविन्दराजको वडामा सदरमध्ये आधा बढी मत स्वर्णिमलाई

फाइल तस्बिर


नेपालखबर
बैशाख ११, २०८० सोमबार १३:५, काठमाडौँ

नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको वडामा नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई कुल सदरमध्ये आधाभन्दा बढी मत आएको छ। 

जोशीको वडा भानु नगरपालिका–११ मा कुल सदर भएको मतमध्ये आधाभन्दा झण्डै दुई सय बढी मत वाग्लेको पक्षमा खसेको हो। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणामअनुसार उक्त वडामा २ हजार १४ मत सदर भएको थियो। 

जसमध्ये वाग्लेले १२ सय २, नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५९३ र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले १८३ मत पाएका छन्। 

उपनिर्वाचन हुने भएपछि पार्टी परित्याग गरेर अर्थविद् वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेपछि कांग्रेलेस जोशी समूह भित्र्याउन जोडबल गरेको थियो। 

तनहुँ–१ को उपनिर्वाचन नतिजा पार्टीको पक्षमा पार्न कांग्रेसले जोशीमाथि गरिएको कारबाही फिर्ता गरेर संवाद अघि बढाएको थियो। 

कांग्रेससँग तीन चरणमा भएको संवाद परिणाममुखी बन्ने नदेखपछि जोशीको समूहले वाग्लेलाई सघाउने अघोषित नीति अबलम्बन् गरेको थियो। 

२०७४ को निर्वाचनमा तनहुँ–१ मा जोशी रामचन्द्र पौडेलविरुद्ध बागी उठेका थिए। त्यसबेला जोशीकै बागीका कारण मत काटिँदा पौडेल एमालेका तत्कालीन नेता किसान श्रेष्ठसँग पराजित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .