ad ad

राजनीति


दीपक मनाङेले २३ हजार खर्चमै जितेका थिए चुनाव!

दीपक मनाङेले २३ हजार खर्चमै जितेका थिए चुनाव!

फाइल तस्बिर


नेपालखबर
बैशाख ११, २०८० सोमबार १३:११, पोखरा

गएको कात्तिक १३ गते मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङे भनेर चिनिने राजीव गुरुङसँग २४ घण्टे स्पष्टीकरण सोध्यो।

कारण थियो,मनाङले दिएको अभिव्यक्ति। उनले ‘निर्वाचन आयोगले ३३ लाख, ३० लाख भन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ...३० लाखमा नेपालमा चुनाव जित्छ यार...मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छ’ भनी दिएको अभिव्यक्ति।

आयोगले उनको अभिव्यक्तिको श्रव्यदृष्य प्राप्त भएको जनाउँदै बिल तिरेको भए बिल बुझाउन र कति खर्च लाग्ने हो त्यसको विवरण पेश गर्न भनेको थियो। 

निर्वाचन आयोगले मनाङ प्रदेशसभा निर्वाचनको लागि एउटा उम्मेदवारले २३ लाख खर्च गर्न पाउने सीमा तोकेको थियो। मनाङे मंसिर ४ को निर्वाचनमा त्यस क्षेत्रबाट निर्विरोध निर्वाचित भएका थिए।

त्यसैलाई आधार बनाएर स्पष्टीकरण सोधेको निर्वाचन आयोगलाई सोमबार उनै मनाङले चुनावमा जम्मा २३ हजार खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएका छन्।

मनाङले आयोगलाई बुझाएको तथा सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको विवरण अनुसार उम्मेदवारी दर्ताको क्रममा उनको ५ हजार रुपैयाँ खर्च भएको छ।

गोष्ठी–अन्तरक्रिया र  खाना–खाजामा उनले जम्मा १८ हजार रुपैयाँ खर्च गरेका छन्।

आयोगलाई उनले ती दुबै शीर्षकको नगदी रसिद तथा सक्कल बिल पेश गरेको जानकारी गराएका छन्।

सामाजिक सञ्जालमार्फत् खर्च विवरण सार्वजनिक गरेको उनको भनाइ छ। मनाङले बुझाएको चुनावी खर्च विवरण सम्भवतः देशकै सबैभन्दा कम हो। चुनावताका मनाङे गण्डकीका युवा तथा खेलकुदमन्त्री थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .