कारोबार


हिमालयन बैंकद्वारा नशारहीत समाजको भवन निर्माण गर्न पाँच लाख सहयोग

हिमालयन बैंकद्वारा नशारहीत समाजको भवन निर्माण गर्न पाँच लाख सहयोग

नेपालखबर
बैशाख १०, २०८० आइतबार २०:१७, काठमाडौँ

हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुरको हाडिगाउँस्थित नशारहीत समाज नेपाल (उपचार केन्द्र) लाई बहुउद्देश्यीय हल निर्माणका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। 

देशका युवाहरु रक्सी तथा विभिन्न लागू पदार्थको कुलतमा फसेको पाइन्छ। यति मात्र नभइ यस कुलतले उनीहरुलाई समाजमा विभिन्न अपराधहरुमा पनि फसाइरहेको पाइन्छ।

यस्तै, समस्यालाई समाजबाट हटाउन उक्त संस्थाले स्थापनाकाल देखि नै रक्सी तथा लागू पदार्थ सेवन गर्दै आएका विभिन्न उमेर समूहकाहरुलाई यस कुलतबाट छुट्कारा पाउन मद्दत गर्दै आएका छन्। हाल सो सेन्टरले करिब सय जनालाई एकदमै न्यूनतम खर्चमा यस सेवाबाट सहयोग गरिरहेका छन्।

बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले सो रकम एक समारोहका बीच बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको उपस्थितिमा उक्त संस्थाका अध्यक्ष सोनाम शेर्पालाई हस्तान्तरण गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad