राजनीति


रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी

रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी

फाइल तस्बिर।


नेपालखबर
बैशाख १०, २०८० आइतबार १७:३३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।

मौन अवधि सुरु भएपछि सामाजिक सञ्जाल र अनलाइन मिडियामार्फत भोट मागेको, आचारसंहिता विपरीत मतदान स्थलमा हुल गरेर असहज परिस्थिति सिर्जना गरेको जस्ता ५ वटा आरोप लगाउँदै रविविरुद्ध निर्वाचन अधिकृतको कार्यालय चितवन २ मा उजुरी परेको हो।

नेपाली कांग्रेस चितवनका सचिव ध्रुवराज पोखरेलले आयोगमा उजुरी दिँदै आइतबार साँझ ४ बजे आयोगमा निर्वाचन ऐन, निर्देशिका, कार्यविधि र निर्देशनबमोजिम रविलाई कारवाही गर्न माग गरेका छन्। उनले चितवनका प्रमुख जिल्ला अधिकारीलाई पनि कारवाही गर्न माग गरेका छन्।

रास्वापाबाट उम्मेदवार रहेका रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएपछि मतदान रोकिएको थियो। तर रास्वपाले माफी मागेपछि मतदान पुन: सुरु भएको थियो।

निर्वाचन आचारसंहिताले मतदान चलिरहेका समयमा कोही उम्मेदवारले पनि मतदातालाई प्रभावित पार्नेगरी सामाजिक सञ्जाल प्रयोग गर्न नपाइने भनेको छ। तर निर्वाचन सुरु भएपछि आइतबार दिउँसो फेसबुमा लाइभ आएर रविले भोट मागेका थिए।

 

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad