कारोबार


केएल दुगड समूहले ल्यायो ज्ञान मह

केएल दुगड समूहले ल्यायो ज्ञान मह

नेपालखबर
बैशाख १०, २०८० आइतबार १७:३७, काठमाडौँ

केएल दुगड समूहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ज्ञान मह नेपाली बजारमा ल्याएको छ। 

स्थानीय रुपमा उपलब्ध विभिन्न बहुमुल्य वनस्पतिहरुमा चरन गरेका मौरीहरुबाट यस महको उत्पादन गरिएको कम्पनीले जनाएको छ। 

साथै स्थानीय किसानहरुद्वारा स्थानीय रुपमै उत्पादित सामानहरुको प्रवर्द्घन गर्ने उद्देश्यले यस महको उत्पादन सुरु गरिएको पनि कम्पनीले जानकारी दिएको छ।

खाद्य प्रविधिका निकै अनुभवी र दक्ष विशेषज्ञहरुले विभिन्न तरिकाबाट यसको स्वाद र गुणस्तरको परिक्षण गरि उपभोगको लागि उत्कृष्ट रहेको ठहराएका छन्। ज्ञान महको गुणस्तर यस्को प्राकृतिक र मिठो बास्ना बाट पनि आकलन गर्न सकिने कुरा जनाइएको छ। 

मह प्राचीन कालदेखि मानव जातिमा परिचय गराइएको सबैभन्दा मूल्यवान प्राकृतिक उत्पादनहरूमध्ये एक हो। मह एक पौष्टिक उत्पादनको रूपमा मात्र नभई परम्परागत चिकित्सामा वर्णन गरिएको र घाउ निको पार्नेे लगायत अन्य क्लिनिकल अवस्थाहरूको वैकल्पिक उपचारको रूपमा पनि प्रयोग गरिन्छ। 

मह भिटामिन र अन्य पोषक तत्वहरूले भरिपूर्ण रहेको छ। उपवासको समयमा बढी उपभोग हुने मह दैनिक स्वस्थ पौष्टिक खाजाहरुमा मिसाएर पनि उपभोग गर्न सकिन्छ।
ज्ञान मह मुख्य डिपार्टमेन्ट स्टोरहरुका साथसाथै स्थानीय किराना पसलहरुमा २५० ग्राम, ५०० ग्राम  र  १  केजी प्याकमा उपलब्ध छ।

के.एल. दुगड समूहले लोकप्रिय ब्राण्ड ज्ञानका ज्ञान चक्की आटा, ज्ञान मैदा जस्ता लोकप्रिय उत्पादनहरु पनि लामो समयदेखि नेपाली बजारमा उपलब्ध गराउँदै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad