ad ad

राजनीति


उपनिर्वाचन : मध्यान्हसम्म तनहुँ, बारा र चितवनमा कति खस्यो मत?

उपनिर्वाचन : मध्यान्हसम्म तनहुँ, बारा र चितवनमा कति खस्यो मत?

नेपालखबर
बैशाख १०, २०८० आइतबार १३:२९, काठमाडौँ

प्रतिनिधिसभातर्फ रिक्त रहेका तीनवटा निर्वाचन क्षेत्रमा मतदान जारी छ। बिहान ७ बजेबाट जारी मतदानको धेरैजसो क्षेत्रमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।

आइतबार चितवन–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन भइरहेको हो। 

दिउँसो १ बजेसम्म बारा–२ मा ३६ प्रतिशत मत खसेको छ। बाराका मुख्य निर्वाचत अधिकृत मुकेश उपाध्यायका अनुसार दिउँसो १ बजेसम्म ३६ प्रतिशत मत खसेको हो। 

‘अहिले (१ बजे)सम्म ३६ प्रतिशत मत खसेको छ,’ उपाध्यायले भने, ‘यहाँ शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ।’ सामाजिक सञ्जालमार्फत बाराको निर्वाचन क्षेत्रबारे आएका सूचनाहरूमा सत्यता नभएको उनले बताए।

त्यस्तै, चितवन–२ मा ३५ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेका अनुसार १ बजेसम्म ३५ प्रतिशतको हाराहारीमा मतदान भएको छ। उनका अनुसार अहिलेसम्म अधिकांश मतदान स्थलमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। 

उता तनहुँ क्षेत्र नम्बर १ मा पनि ४० प्रतिशत बढी मत खसेको छ। मुख्य निर्वाचन अधिकृत कमलप्रसाद आचार्यका अनुसार ४० दिउँसो १ बजेसम्म ४० देखि ४५ प्रतिशत मत खसिसकेको छ। 

उनका अनुसार तनहुँमा अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। मतदाताहरू उत्साहित हुँदै मतदानमा सरिक भएको आचार्यले नेपालखबरलाई बताए। ‘बिहान अत्यधिक मत खस्यो। अहिले गर्मीका कारण केही कम भएको छ,’ उनले भने, ‘फेरि ४ बजेपछि मतदानको अनुपात बढ्छ।’

तनहुँ–१ मा ६० देखि ६३ मत खस्ने अनुमान रहेको पनि उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .