ad ad

राजनीति


चितवन-२ : मतदाता उत्साहित, साढे १० बजेसम्म खस्यो १६ प्रतिशत मत

चितवन-२ : मतदाता उत्साहित, साढे १० बजेसम्म खस्यो १६ प्रतिशत मत

नेपालखबर
बैशाख १०, २०८० आइतबार १०:२८, काठमाडौँ

चितवन २ मा अहिलेसम्म १६ प्रतिशत मत खसेको छ।

४३ मतदान स्थल र १३८ मतदान केन्द्र रहेको सो क्षेत्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो।

अहिलेसम्म शान्तिपूर्ण मतदान भइरहेको र मतदातामा उत्साह देखिएको निर्वाचन अधिकृत चितवन जिल्ला अदालतका न्यायाधीस बासुदेव न्यौपानेले नेपालखबरलाई जानकारी दिए।

‘मतदातामा उत्साह देखिएको छ,’ उनले भने, ‘अहिलसम्म १५÷१६ प्रतिशत मत खसेको छ।’ ५ बजेसम्म मतदान जारी रहनेभएकोले ७० प्रतिशत मत खस्नसक्ने उनले बताए।  

सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेका रामप्रसाद न्यौपाने मुख्य प्रतिस्पर्धामा छन्।

नागरिकता प्रकरणका कारण रास्वपा सभापति लामिछानेले पद गुमाएपछि उपचुनाव भइरहेको हो। १ लाख २४ हजार ६९५ मतदाता रहेको सो क्षेत्रमा २२ जना उम्मेदवार चुनावी मैदानमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .