राजनीति


आर्थिक विकासमा प्रभावकारी भूमिका निर्वाह गर्न महावाणिज्यदूतलाई प्रधानमन्त्रीको आग्रह आग्रह

आर्थिक विकासमा प्रभावकारी भूमिका निर्वाह गर्न महावाणिज्यदूतलाई  प्रधानमन्त्रीको आग्रह आग्रह

नेपालखबर
असार १२, २०७६ बिहिबार ८:३६,

 प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशस्थित नेपालका अवैतनिक महावाणिज्यदूतहरुलाई नेपालको आर्थिक विकासका लागि प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले काठमाडौंमा भेला भएका विदेशस्थित नेपालका अवैतनिक महावाणिज्यदुतहलाई बिहीबार विहान आफ्नै सरकारी निवास बालुवाटारमा सामूहिक भेट गरी सरकारले उच्च प्राथमिकतामा राखेको नेपालको आर्थिक विकासका लागि पूँजी र प्रविधि भित्र्याउने गरी प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका हुन्।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपाली नागरिकताको सेवा र सुरक्षाको उचित व्यवस्था गर्न पनि महावाणिज्यदूतहरुलाई सचेत गराए। त्यसैगरी उनले ‘नेपाल भ्रमण वर्ष–२०२०’लाई सफल बनाउने गरी विदेशस्थित महावाणिज्य दूतहरुलाई गतिविधि अघि बढाउन पनि आग्रह गर्नु भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए।

परराष्ट्र मन्त्रालयले विदेशस्थित नेपालका अवैतनिक महावाणिज्यदुतहरुको दुई दिने सम्मेलन काठमाडौंमा आयोजना गरेको थियो। सोही सम्मेलनमा भाग लिन आएका अवैतनिक महावाणिज्यदुतहरुले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका हुन। भेटमा प्रधानमन्त्री ओलीले अवैतनिक महावाणिज्यदुतले निर्वाह गर्दै आएको भूमिकाको पनि प्रशंसा पनि गरेका थिए।

नेपालले हाल १६६ वटा मुलुकमा कूटनीतिक सम्बन्ध कायम राखेको छ। त्यसमध्ये ३२ वटा मुलुकमा मात्रै नेपालले राजदुतावासको व्यवस्था गरेको छ भने अन्य मुलुकहरुमा अवैतनिक महावाणिज्यदुतहरुको व्यवस्था गरेको छ। ती महावाणिज्य दुतहरुको भूमिकालाई प्रभावकारी बनाउन पनि नेपालमा सो सम्मेलन आयाजना गरिएको हो। सम्मेलनमा मूलतः नेपालको आर्थिक विकासका लागि आवश्यक पूँजी र प्रविधि भित्रयाउने विषयमा विस्तृत छलफल गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .