राजनीति


सन्ठी जोडेर बनेको म्यादी सरकार आफैँ ढल्छ, हामीले छुनै पर्दैन : ओली

सन्ठी जोडेर बनेको म्यादी सरकार आफैँ ढल्छ, हामीले छुनै पर्दैन : ओली

बारामा आयोजित चुनावी सभामा ओली। तस्बिर : दिनेश भण्डारी


नेपालखबर
बैशाख ७, २०८० बिहिबार १६:३८, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकार आफैँ ढल्ने बताएका छन्। 

बारा क्षेत्र नम्बर २ मा आयोजित चुनावी सभालाई बिहीबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। उनले प्रचण्ड नेतृत्वको सरकारलाई म्यादीको पनि संज्ञा दिए। 

'यो म्यादी सरकार हो। सन्ठी जोडेर बनाइएको म्यादी सरकार यो आफैँ ढल्छ', उनले भने, 'मैले हामी ढाल्छौँ भनेको छैन। हामी यो सरकारलाई हात पनि लगाउँदैनौँ, यो आफैँ ठीक भइहाल्छ।'

उनले यो सरकार लामो चल्न नसक्ने पनि बताएका छन्। 'यो लामो समय चल्ने सरकार होइन, केही दिनको मेहमान हो', उनले भने, 'धेरै चल्यो भने यो खन्चुवा मेहमानलाई पाल्न सकिँदैन। बिदा गर्ने प्रक्रिया यहीँ बाराबाट सुरु गरौँ। १० गते गठबन्धनलाई यहाँबाट बिदा गरौँ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad