राजनीति


प्रधानमन्त्रीको भारत भ्रमण तय भइसकेको छैन : सञ्चारमन्त्री शर्मा

प्रधानमन्त्रीको भारत भ्रमण तय भइसकेको छैन : सञ्चारमन्त्री शर्मा

नेपालखबर
बैशाख ७, २०८० बिहिबार १६:२९, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीको भारत भ्रमण अहिलेसम्म तय नभएको बताएकी छन्।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले अहिले प्रधानमन्त्री भारत भ्रमणमा जाने भन्ने कुरा भएपनि टुंगो नलागेको स्पष्ट पारिन्।

उनले प्रधानमन्त्रीले भ्रमणमा कस्ता विषयहरुलाई छलफलमा समेट्ने भन्ने कुरा समेत तय नभएको बताइन्। 

‘प्रधानमन्त्रीको भारत भ्रमण हुने भन्ने कुरा छ। तर मिति तय भइसकेको छैन। भारत छिमेकी राष्ट्र हो। छिमेकी देशको भ्रमणमा प्रधानमन्त्री जाँदा के कस्ता विषयहरुमा छलफल गर्ने भनेर मन्त्रालयहरुबाटै तयारी गरेर मन्त्रिपरिषदबाट निर्णय भएर नै छलफलका विषयहरु छनोट हुने हो,’ उनले भनिन्, ‘अहिले छलफलको विषय प्राथमिकीकरण भएको छैन।’  

उनले भारत भ्रमणमा दुई देशीय हित, सीमा सम्बन्धी विषयहरु, कृषि, पुर्वाधार विकास लगायत विषयहरुमा नियमित संवाद नै हुन सक्ने बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .