ad ad

राजनीति


चितवन–२ का एमाले उम्मेदवार न्यौपाने भन्छन्– गाँजा खेतीलाई प्रवर्द्धन गरौँ

चितवन–२ का एमाले उम्मेदवार न्यौपाने भन्छन्– गाँजा खेतीलाई प्रवर्द्धन गरौँ

नेपालखबर
बैशाख ७, २०८० बिहिबार १५:४०, काठमाडौँ

नेकपा एमालेका तर्फबाट चितवन–२ का उम्मेदवार रामप्रसाद न्यौपानेले गाँजा खेतीलाई कानुन बनाएर व्यवस्थित गर्नका लागि आफ्नो पहल संसदबाट हुने बताएका छन्। 

आगामी वैशाख १० गते हुने उपनिर्वाचनको प्रचार प्रसारको अन्तिम दिन पत्रकारहरूसँग छलफल गर्नै न्यौपानेले गाँजा खेतीलाई अघि बढाउने प्रतिवद्धता गरे। 

गाँजा खेतीलाई प्रवर्द्धन गर्नेगरी कानुन निर्माण गरेर चितवन र पहाडी क्षेत्रको समृद्धिलाई अघि बढाउने उनको भनाई छ।

‘इच्छाकामनाका डाँडाहरुलाई हरियाली बनाउने दायीत्व छ। हाम्रो संसदमा बहस पनि सुरु भइसकेको छ। नेपालको कानुनले गाँजा खेतीलाई वैधानिकता दिएको छैन। तर हाम्रो परम्परागत कृषिले आर्थिक उपाजनको बाटोलाई ठिक ढंगले अघि बढाउन सकेन,’ न्यौपानेले भने, ‘त्यसलाई परिवर्तन गर्नुपर्छ र गाँजा खेतीलाई प्रवर्द्धन गर्नेगरी कानून निर्माण गरेर चितवन र पहाडी क्षेत्रको समृद्धिलाई अघि बढाउन सक्यौं भने नेपालका युवाहरुलाई नयाँ ढंगले अघि बढाउन सक्छौं।’

नेपालमा पूराना शासकहरूले अध्ययन नगरी गाँजा खेतीलाई रोकेको उनले बताए। 

‘यसो भनिरहँदा कानुनमा नभएको कुरा गर्नुभयो नि? भन्न सक्नुहुनेछ। तर हिजो कानुन खुला थियो। हाम्रा पुराना शासकहरुले अध्ययन नगरेर होला त्यसलाई रोक्नुभयो,’ न्यौपानेले भने, ‘हामीले त्यसलाई व्यवस्थित रुपमा आयआर्जन गर्यौं भने त्यो खेती गरेर मात्र केही बिग्रिंदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .