ad ad

राजनीति


घनश्याम भुसालको कटाक्ष : केपी यदुवंशी मुसल, रवि लामिछाने ‌ओली प्रवृत्ति बोकेका फन्टुस मानसपुत्र

घनश्याम भुसालको कटाक्ष : केपी यदुवंशी मुसल, रवि लामिछाने ‌ओली प्रवृत्ति बोकेका फन्टुस मानसपुत्र

फाइल तस्बिर


नेपालखबर
बैशाख ६, २०८० बुधबार १४:४९, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई यदुवंशी मुसलको संज्ञा दिएका छन्। 

बुधवार काठमाडौंमा पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। 

भुसालले एमाले अध्यक्ष ओलीका कारण नै वामपन्थी कम्युनिष्टमा मुसल पैदा भएको बताए। उनले ओली प्रवृत्तिमा आफूलाई फाइदा हुने सिद्धान्त, आफू विचार र आफ्ना समर्थक मात्रै असल, अरु सबै शत्रु हुन् भन्नेकुरा हाबी भएको बताए। 

उनले राम्रो पार्टी र राजनीति बिगार्ने काम ओलीले संसद विघटन गरेबाट शुरु भएको आरोप लगाए। भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उनले वैकल्पिक राजनीतिको नाममा आज ओली प्रवृत्तिका मानसपुत्रहरु सडकमा नेता बनेर हिँडेको आरोप लगाए।

उनले अनुशासनहीनता र मूल्यहीनताको बीचमा प्रतिष्पर्धा हुँदा नराम्राहरुले जित्ने बताएका छन्। 

‘दुर्भाग्यले हामीले बनाएको धेरै राम्रो पार्टीभित्र एउटा यदुवंशी मुसल जन्मियो। त्यो ओलीवादको मुसल थियो। ओलीवाद भनेर मैले व्यक्तिको कुरा गरेको होइन, त्यो एउटा प्रवृत्तिका रुपमा हुर्कियो। यसमा विचार भनेको म हो। मेरो हो, मेरा हुन्। ओलीवाद र ओली प्रवृत्तिको सिद्धान्त मलाई जे गर्दा फाइदा हुन्छ त्यही हो।'

ओलीमा म र मेरो फाइदा सिद्धान्त हो, मेरा समर्थक मात्रै असल अरु सबै शत्रु हुन् भन्ने भइसकेपछि वामपन्थीभित्र यदुवंशी मुसल तयार भएको उनको जिकिर थियो। 

'ओलीकै कारण भएको राम्रो पार्टी र राजनीतिक बिगार्न संसद विघटनबाट शुरु भयो। यो दुर्दशाको कारण यही प्रवृत्ति हो। यसले गर्दा राष्ट्रिय राजनीतिमा समस्या देखिएका छन्। नयाँ राजनीति वैकल्पिक राजनीतिको नाममा आज ओली प्रवृत्तिका मानसपुत्रहरु सडकमा छन्', उनले भने, 'जब अनुशासनहीनताको, मूल्यहीनताको फन्टुसबीच झगडा हुँदा र प्रतिष्पर्धा हुँदा सबैभन्दा फन्टुसले जित्छ। आज त्यही भइरहेको छ, सडकमा सबैभन्दा फन्टुसहरु नेता भएर हिँडेका छन्। यो राष्ट्रिय जीवन संकटको डरलाग्दो भुमरीनजिक छ।’

महासचिव भुसालले राष्ट्रिय जीवन संकटको डरलाग्दो भूमरीनजिक रहेको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .