अन्नपूर्ण हिमाल आरोहणका लागि गएका आयरल्यान्डका नागरिक मृत्यु भएको छ भने भारतीय नागरिक बेपत्ता भएका छन्।
म्याग्दी प्रहरीका अनुसार हिमाल आरोहण गरी फर्कने क्रममा चिप्लिएर आयरल्यान्डका नागरिक ५६ वर्षीय नोयल हानाको मंगलबार मृत्यु भएको हो। अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण बेस क्याम्प–३ बाट २ फर्कने क्रममा चिप्लिएर लड्दा उनको मृत्यु भएको हो।
यस्तै उनकै टोलीमा रहेका एकजना भारतीय नागरिक बेपत्ता भएको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ। तर उनको नाम खुलाइएको छैन। सोही टोलीमा रहेका अर्का भारतीय नागरिक भने घाइते भएका छन्। उनको पनि नाम खुलाइएको छैन।
उनीहरूसहित २५ जनाको टोली संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय पर्यटन विभागबाट अनुमति लिई उनी गत चैत ३ गते अन्नपूर्ण हिमाल आरोहणका लागि गएको थियो।
सेभेन समिट प्रालिबाट हिमाल आरोहणका लागि गएका उनीसहित २५ जनाको टोली गएको थियो। तीमध्ये २१ जनालाई अल्टिट्यिुड एयर र हेली एभरेस्टको हेलिकोपटरद्वारा सकुशल उद्धार गरिएको छ।
घाइते भारतीय नागरिकको काठमाडौंस्थित सिविक अपस्तालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
Shares

प्रतिक्रिया