राजनीति


उपनिर्वाचनमा सत्ता गठबन्धनको पक्षमा माहोल बनाउन नेविसंघको निर्देशन

उपनिर्वाचनमा सत्ता गठबन्धनको पक्षमा माहोल बनाउन नेविसंघको निर्देशन

नेपालखबर
बैशाख ५, २०८० मंगलबार १८:४४, काठमाडौँ

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले तनहुँ–१, चितवन–२ र बारा–२ को उपनिर्वाचनका लागि सत्ता गठबन्धनको पक्षमा माहोल बनाउन मातहतका कार्यसमितिहरुलाई निर्देशन दिएको छ।

नेविसंघले कास्की, लमजुङ, गोरखा, नवलपुर र तनहुँका सम्पूर्ण समितिहरुलाई तनहुँ–१ मा र धादिङ, चितवन, नवलपुर र मकवानपुरका सम्पूर्ण समितिहरुलाई चितवन–२ मा केन्द्रिकृत हुन भनेको छ। 

अध्यक्ष दुजाङ शेर्पाद्वारा मंगलबार जारी विज्ञप्तिमा मधेस प्रदेशका ८ वटै जिल्लाका कार्यसमितिहरुलाई बारा–२ मा खटिन निर्देशन दिइएको छ। 

‘निर्वाचनको परिणाम सार्वजनिक नभएसम्म तोकिएको वडा, पालिकामा गइ आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिइएको छ,’ विज्ञप्तिमा भनिएको छ। 

अध्यक्ष शेर्पाले खटिएको स्थानको प्रतिवेदन १ साताभित्र केन्द्रीय कार्यसमिति समक्ष बुझाउनसमेत निर्देशन दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad