ad ad

राजनीति


तातोपानीमा तत्काल अध्यागमन कार्यालय स्थापना सांसद सापकोटाको माग

तातोपानीमा तत्काल अध्यागमन कार्यालय स्थापना सांसद सापकोटाको माग

नेपालखबर
बैशाख ५, २०८० मंगलबार १५:२२, काठमाडौँ

प्रतिनिधिसभा सांसद माधव सापकोटा सुबोधले तातोपानी नाका खुल्ने निर्णय भए पनि अध्यागमन कार्यालय नभएकाले तत्काल कर्मचारी व्यवस्थापन गर्न माग गरेका छन्। 

उनले अध्यागमन कार्यालय नहुँदा एक अर्का देशका नागरिकले आवतजावत गर्न समस्या हुने भन्दै तत्काल कर्मचारी तथा आवश्यक अन्य स्रोतसाधनको प्रबन्ध गर्नुपर्नेमा जोड दिए।

प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै सांसद सापकोटाले नेपाल–चीन जोड्ने तातोपानी नाका पूर्णरुपमा खुल्न लागेको भए पनि सरकारी कार्यालयको अभावमा समस्या पर्ने हो कि भनी प्रश्न गरे।

‘आगामी वैशाख १८ गतेबाट चिनियाँ र नेपाली पक्षबीच मिटिङ भएको छ। आगामी वैशाख १८ गतेबाट मालवहाक वस्तुहरुको मात्र आयात निर्यात गर्ने जानकारी चिनियाँ पक्षले दिएको छ। तर नेपालतिर अध्यागमन कार्यालयको भवन छैन। र त्यहाँ कर्मचारी पनि छैनन,’ उनले भने, ‘तत्काल लिपिङ क्षेत्रमा अध्यागमन कार्यालयको व्यवस्था गरी कर्मचारी समेतको खटनपटन गरी मानव आवतजावतको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .