केही दिनदेखि नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले मंगलबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेका छन्।
उत्तराखण्ड हुँदै सुदूरपश्चिमको स्थलमार्गबाट नेपाल आएका उनी मंगलबार काठमाडौं उत्रिएर राजनीतिक भेटघाटमा लागेका हुन्।
उनले भेटघाटका क्रममा दुई देशबीचको सम्बन्ध र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्भावित भारत भ्रमणसहितका विषयमा कुरा गरेको बताइएको छ।
चौथाइवाले धनगढीमा भएको मानसखण्ड सम्मेलनमा सहभागी हुन नेपाल आएका थिए। उक्त सम्मेलनका कांग्रेस नेतृ आरजु राणा देउवा पनि सहभागी भएकी थिइन्।
चौथाइवालेले केही दिन नेपाल रहँदा सत्तारुढ र प्रतिपक्षी नेताहरुसँग भेट गर्ने भएका छन्।
57
Shares

प्रतिक्रिया